0 COMMENTS

काठमाडौ,२३चैत ०७३/पूर्व राजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नु परेको चर्को खडेरीको रुपमा औंल्याएका छन् ।

रामनवमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै पूर्व राजाले भगवान रामले देखाएको सत्यनिष्ठ, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था जस्ता विषय आजको नेपालमा टड्कारो आवश्यकता परेको भन्दै अहिलेको सत्ताशैलीलाई चेतावनी दिएका हुन् ।

विज्ञप्ति जारी गर्दै पूर्व राजाले अहिलेको सत्ता सत्यनिष्ठ नभएकोसमेत जिकिर गरेका छन् ।रामनवमीको अवसरमा शुभकामना दिँदै उनले यस पर्व विशेषले नेपाली भूलोकमा सबैलाई ‘सबैको हित गरौं’ भन्ने दिव्य आदर्श दिन सकोस् पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।