0 COMMENTS

काठमाडौं२२,चैत०७३/ नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालले विजुली बेच्ने दिन छिट्टै आउने दाबी गरेका छन् । उनका अनुसार तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर घिमिङले विद्युतको डिमाण्ड माग बढाउनु पर्ने बताए । प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाण्डुका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने बताएका छन् । उनका अनुसार अहिलेका काठमाण्डुका ट्रान्सर्फमर ४०० मेगावाट क्षमताका छन्, अब यसलाई अपग्रेड गरेर १००० मेगावाट बनाउने योजना छ ।

आर्थिक वर्षको अन्त्यतिर मलेसिया र कुलेखानी तेस्रो सञ्चालनमा आउने उनले बताए । ४५६ मेगावाट क्षमताको तामोकाशी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । २०७५ मंसिरमा पहिलो युनिट सञ्चालनमा ल्याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।