0 COMMENTS

बुटवल २२, चैत०७३ / सुत्केरी हुन भर्ना भएकी महिलाको मृत्यु भएपछि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले अस्पताल परिसरमा धर्ना दिएपछि तनाव भएको हो । उपचारमा भएको बेवास्ता र लापरबाहीले गर्भवती महिलाको मृत्यु भएको आफन्तहरुको आरोप छ । दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आफन्तहरुले अहिले अस्पताल परिसरमा धर्ना दिएका हुन् । बुटवल ११ दुर्गानगरकी २७ वर्षीय मीना बुढामगरको लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

सुत्केरी बेथा सुरु भएपछि सोमबार बिहान करिब १० बजे मीना अस्पताल भर्ना भएकी थिइन् । घरबाट १५ मिनेटको बाटो हिँडेर आएकी मीनाको सोमबार साँझ मृत्यु भएको हो । मीनाको आफन्तले अस्पतलाको वेवास्ताका कारण मीनाको मृत्यु भएको जनाएका छन् । उनीहरुले मृतक चिकित्सक र अस्पताल प्रशासनलाई कारवाही हुनुपर्ने माग राख्दै आएका छन् । अस्पतालले भने आफन्तले भनेजस्तो बेवास्ता नगरेको दाबी गरेको छ । विशेषज्ञकै टोलीले प्रसूती समस्या हेरेकाले हेलचेक्रयाईले मृत्य नभएको दावी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।