0 COMMENTS

 परासी,२२चैत०७३/   सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख तीन दलका नेतालाई अब्बल दर्जाका बेइमानीको संज्ञा दिएका छन्। उनले तीन दलले जसरी पनि चुनाव गराउने भन्दै मिति घोषणा गरेकाले मधेसका जिल्लामा उम्मेदवारी दर्ता गरेर देखाउन चुनौती दिए।
सोमबार नवलपरासीको परासीमा आयोजित कार्यक्रमलाई स्म्बोधन गर्दै महतोले भने,‘बेइमानीको पनि हद हुन्छ। पटक–पटक सम्झौता गर्ने अनि अधिकार माग्दा प्रधानमन्त्रीले संसदमा संख्या पुग्दैन भन्दै बहाना खोज्ने?’ संविधान जारी गर्दा जस्तै गरी संशोधनमा पनि संख्या पुर्‍याउने जिम्मा तीन दलकै भएको भन्दै महतोले जबरजस्ती चुनाव गराए मधेसमा रगतको खोलो बग्ने चेतावनी दिए।
आफूहरु चुनाव विरोधी नभएको भन्दै महतोले संविधान संशोधनको प्रक्रिया अघि बढाए निर्वाचनमा जाने बताए। नाकाबन्दीलाई ब्रह्मअस्त्रको रुपमा प्रयोग गरेपनि सफल नभएको उनले बताए। महन्थ ठाकुर र उपेन्द्र यादवले साथ नदिँदा मधेस आन्दोलन सफल हुन नसकेकाले अहिले जनदबाबका कार्यक्रम गरिएको उनले बताए।
‘आफूले विरगञ्ज नाका बन्द गराएजस्तै अन्य दुई प्रमुख नाकामा ठाकुर र यादव बसेर आन्दोलन हाँकेको भए मधेसका माग त्यतिबेला नै पूरा हुन्थ्यो,’ महतोले भने।अन्नपुर्ण पाेस्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।