काठमाण्डाै२२चैत०७३/प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट संचालित OPERATION VOICE FOX अन्तर्गत खटिएको प्रहरी टोलीले संकलन गरेको सुचनाका आधारमा मिति २०७३।१२।१० गते झापा विर्तामोड-५, पुरानो भद्रपुरमा स्थित सुन थापाको घरमा डेरा कोठा लिई झापा शनि अर्जुन न.पा.१ स्थायी वतन भएका वर्ष १७ को सुमित कुमार सिंहलाई अबैध अन्तराष्ट्रिय कल बाईपासमा प्रयाेग हुने सामाग्री सहीत पक्राउ गरी आवश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यालय, विर्तामोड बुझाईएको । पक्राउ प्रतिवादी उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान कार्य भैरहेको छ ।
बरामद भएका उपकरणहरु
६४ पोर्टको GOIP GATEWAY device थान-१
१६ पोर्टको GOIP GATEWAY device थान-१
८ पोर्टको GOIP GATEWAY device थान-२
Internet modem थान-१
NTC SIM थान- ७
NCELL SIM थान – १८