काठमाण्डाै२२चैत०७३ / प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोलाइ प्रप्त सुचनाकाे अाधारमा दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानूनी चितुवाको छाला खरिद बिक्रि तथा ओसार पसार भैरहेको भन्ने विशेष सूचनाको आधारमा मिति २०७३।१२।२० गते ब्यूरोबाट खटिएको टोलीले काठमाण्डौ का.म.न.पा. वडा नं. १६ बालाजुबाट संरक्षित वन्यजन्तु चितुवाको छाला थान-१ सहित मकवानपुर, हेटौडा नगरपालिका वडा नं ११ बस्ने बर्ष २३ को बिनेश भण्डारी,मकवानपुर, हेटौडा नगरपालिका वडा नं ११ बस्ने बर्ष ३३ को अनुप बर्तौला,मकवानपुर, हेटौडा नगरपालिका वडा नं ११ बस्ने बर्ष २५ को बिवेक बर्तौला लाइ पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौंमा बुझाईएको । साथै पक्राउ परेका व्यक्तिहरुलाई सोधपुछ गर्दा सो चितुवाको छाला बिरगंज भन्सार कार्यालयबाट बिक्री बितरणको लागि काठमाण्डौं ल्याएको र बाँकी सामान बिरगंज भन्सार कार्यालयको १ नं प्लेट फर्मको छेउमा छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्सालाई जानकारी गराई खोजतलास गरिदा २ वटा सेतो बाकसमा चितुवाको छाला थान- २ (दुई), र बन्यजन्तुको हड्डी ३४.९ के.जी. भन्सार प्रमुख र जिल्ला वन कार्यालयको रोहवरमा बरामद गरि थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय, पर्सा बुझाईएको ।
वरामद सामान :-
१. काठमाण्डौबाट वरामद चितुवाको छाला थान-१ (एक)
२. बिरगंजबाट वरामद चितुवाको छाला थान-२ (दुई)
३. बिरगंजबाट वरामद बन्यजन्तुको हड्डी ३४.९ के.जी.
अपराध :- राष्ट्रिय निकुञ्जड तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराध ।
दण्ड सजाय:- बिस हजार रूपैयाँ सम्म जरिवाना वा एक बर्षसम्म कैद वा दुबै सजाय ।