0 COMMENTS

काठमाण्डौं,१९ चैत ०७३/त्रिवि शिक्षण अस्पतालले मुलुकमा पहिलोपटक फरक रक्त समूहका दाता र ग्रहणकर्ताबीच मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ। ‘एवो इनकम्प्याटेवल रेनल ट्रान्सप्लान्ट’ भनिने यो मृगौला प्रत्यारोपणमा अस्पताल प्रत्यारोपण सेवा शुरु गरेको ९ वर्षपछि सफल भएको हो । यो प्रत्योरणमा मृगौला दिने र लिने दुवै व्यक्ति स्वस्थ रहेको अस्पतालले जनाएको छ।

अस्पतालका प्रा.डा.दिव्या सिंह शाह र प्रा.डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा भएको यो प्रत्यारोपणमा प्रा.डा.उक्तमकुमार शर्मा, डा.महेश राज सिग्देल, डा.मुकुन्द काफ्ले, डा.मिदान श्रेष्ठ, डा.पवनराज चालिसे, डा.भोजराज लुइटेल, डा.रविन नेपाल लगायतका विज्ञहरु सरिक थिए । हालसम्म रहेको ‘ओ’ रगत समूह बाहेकका सबै दाताले आफनै रगत समुहका व्यक्तिलाइ मृगौला दान दिनु पर्ने वाध्यता अव हटेको डा.शाह बताउँछिन्, ‘हामीले यस्तै प्रकृतिको दोस्रो प्रत्यारोपण गर्न समेत विरामी भर्ना गरिसकेका छौं।’

यो जटिल प्रविधि भएकोले भारतमा समेत दुई-चार केन्द्रबाहेक अन्य ठाउमा ‘एवियो इनकम्प्याटेवल’, प्रत्यारोपण नगरिने उनि बताउँछिन्। विज्ञहरुको अनुसार यस्तो प्रत्यारोपण जापानमा बढी हुने गरेको छ । यस्तो प्रत्यारोपण गर्न विरामीको पूर्व उपचार आवश्यक हुन्छ । यसको लागि दुई साता अघि नै विरामीलाई अस्पतालमा भर्ना गरेर अलग रक्त समुहको मृगौला लिन शरिरमा उपयुक्त वातावरण वनाइन्छ । प्रत्यारोपणपछि समेत विरामीको उपचार गरिन्छ।

एउटा तथ्याङ्क अनुसार करिव ३० प्रतिसत सम्भावित मृगौलाको जीवित दाताहरुमा रगत समुह नमिल्ने समस्या देखिएको ओल्याउदै डा.शाह भन्छिन, ‘परिवारमा दाता उपलब्ध रहे पनि रगत समुह नमिलेर समस्यामा पर्ने गरेका थुप्रै केसहरु हामी कहा आइ रहेको थियो, अब उनीहरुले राहत पाउने छन्।’ यो उपचार अन्तर्गत प्रत्यारोपण गर्ने व्यक्तिको रगतवाट ‘एन्टिवडी’, हटाइन्छ । यस पछि संक्रमणबाट जोगाउने ‘एन्टिवडी’ अर्थात इन्ट्राभेनस इम्युनोग्लोविन शरिरमा सुइको माध्यमले हालिन्छ । यस पछि नयाँ मृगौलालाई एन्टिवडीबाट जोगाउन अन्य औषधिहरु समेत दिइन्छ।

फरक रगत समुहको मृगौला स्विकार गर्न शरिरमा उपयुक्त वातावरण निर्माणको लागि भने खर्च करिव थप पाँच लाख रुपियाँ लाग्ने गरेको औल्याउदै डा।शाह भन्छिन्–‘सामान्य प्रत्यारोपणमा करिव तिन लाख खर्च हुन्छ भने यसमा आठ लाख जति लाग्छ ।’ शिक्षण अस्पतालले ९ वर्षमा चार सय २१ वटा मृगौला प्रत्यारोपण गरेको छ । अस्पतालले दुई वर्ष अघि वालवालिको मृगौला प्रत्यारोपण समेत सुरु गरेको थियो। कान्तिपुरमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।