0 COMMENTS

खोटाङ१९ चैत ०७३/ धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रमा डिप बोरिङ (जमिन छेडेर पानी निकाल्ने) योजना सुरु गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा आसपासका उपभोक्तालाई लक्ष्य गरेर दुई ठाउँमा बोरिङ गर्ने योजना सुरु गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडामा बृहत् खानेपानी आयोजनाको वैकल्पिक व्यवस्थाका लागि डिप बोरिङ योजना अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताए ।

यसै आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाका लागि खानेपानी विभागबाट आएका परामर्शदाताले सर्भेक्षणसमेत गरिसकेका छन् । डिप बोरिङ गरेर हलेसी गुफा नजिक तथा च्यास्मिटार र बडहरेबीचमा पर्ने बोझेमा जमिनमुनिको पानी निकाल्ने तयारी गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय खोटाङका प्रमुख विजय ठाकुरले बताए ।

हलेसी क्षेत्रमा जमिनभन्दा करिब १५० मिटरमुनिसम्म छेडेमा पानी निस्कने सर्भेक्षण टोलीले जनाएको छ । बोरिङबाट प्रतिसेकेन्ड १२ लि पानी निकाल्न सकिने योजना रहेको उपभोक्ता समितिले जनाएको छ ।

जिल्लाको सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको हलेसी तथा आसपासका गाउँमा अहिले वर्षाको पानी जम्मा गरेर र दूधकोसी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।