0 COMMENTS

वीरगन्ज १९चैत०७३/ बिहे गर्ने प्रस्ताव नमानेपछि एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन् । पर्साको सेढवा गाविस ४ का हरिनारायण यादवकी २१ वर्षीया छोरी रिना यादवको हत्या उनकै प्रेमी वीरगन्ज २७, बहुअरीका शैलेश यादवले गरेका हुन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

वीरगन्ज उपमहानगरपालिका १४ श्रीपुरस्थित रेणुका घिमिरेको घरमा डेरा लिएर बस्दै आएकी रिना गत चैत ८ गते बिहान ओछ्यानमा मृत अवस्थामा भेटिएकी थिइन्। रिनाको हत्या उनलाई एकतर्फी रूपमा प्रेम गर्ने शैलेशले गरेको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए ।जनकपुर घर भएकी रिनाकी दिदीको देवर अमेसरकामा बस्दै आएका छन्। रिनाका बुबाआमाले अमेरिकामा बस्दै आएका रिनाकी दिदीको देवरसँग नै रिनाको बिहे गर्ने पक्कापक्की गरिसकेका थिए। रिनाले पनि दिदीको देवरलाई मन पराउँदै आएकी थिइन्।

केही समयदेखि सामाजिक सञ्जालमार्फत रिनासँग चिनजान गरेका शैलेशले पनि रिनालाई मन पराउन थालेका थिए। श्रीपुरस्थित रिनाको डेरामा उनलाई भेट्न शैलेश बारम्बार आउने गर्थे । रिनालाई आफूले मन पराएको भन्दै शैलेशले बिहेको प्रस्ताव पनि राखेका थिए। तर रिनाले भने आफूले अमेरिकामा रहेका दिदीको देवरसँगै आफूले बिहे गर्ने भन्दै शैलेशको प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन्।

गत चैत ७ गते साँझ रिनाको डेरामा गएका शैलेशले आफूसँग बिहे गर्न पुनः प्रस्ताव राखेको तर रिनाले अस्वीकार गरेपछि घाँटी थिचेर हत्या गरेको अनुसन्धानक्रममा पुष्टि भएको जानकारी प्रहरी नायब उपरीक्षक जोशीले दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।