0 COMMENTS

ताप्लेजुङ १८चैत ०७३/ जिल्ला अदालत ताप्लेजुङले पहिलो पटक सरकारको तर्फबाट पिडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको छ । जवरजस्ती करणी भएकी ताप्लेजुङ जिल्ला याङवरक गाउँपालिकाकी ९ बर्षिय बालिकालाई क्षतिपूर्ति बापत ७५ हजार भराउन महिला तथा बालबालिका कार्यलयलाई आदेश दिएको हो ।

गत फागुन १५ गते स्कुलबाट घर र्फकिरहेकि ९ बर्षकि वालिकालाई सोहि ठाउँका २० वर्षिय विकाश विश्वकर्माले खानेकुरा दिन्छु भनि फकाएर करणी गरेका थिए ।करणी पछि बालिकाले घरमा आएर उनका अभिभावकलाई सुनाएपछि पिडितको अभिभावकले दिएको जाहेरि अनुसार सोहि दिन विकासलाई प्रहरिले पक्राउ गरेको थियो ।
अनुशन्धानका क्रममा पिडकले आफ्नो अपराध स्विकार गरेका थिए । पिडक विकाशको आफ्नो केहि नभएको पाइएकोले क्षतिपूर्ति भने सरकारले भराउन आदेश दिएको हो ।अदालतको निरन्तर सुनुवाई अनुसार अदालतमा दर्ता भएको नौ दिनमै जिल्ला अदालत ताप्लेजुङले आज (शुक्रवार) विकासलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।जवरजस्ती करणी ऐनमा पिडकलाई १० देखि १५ वर्ष सम्म जेल सजाय हुने व्यवस्था अनुसार उनलाई १४ वर्षको कैद सजाय सुनाएको हो ।
यसैविच पिडित वालिकाको सम्पूर्ण शिक्षा व्यवस्था गर्न जिल्ला बाल कल्याण समितिलाई पत्र समेत पठाएको जिल्ला न्यायधिश असोक कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।