0 COMMENTS

पाेखरा १८,चैत२०७३/एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पोखरामा अायाेजना गरीएकाे  जनसभालाई सम्बोधन गर्दै अहीले काे अबस्थामा  नेकपा एमाले मात्रै देशको बारेमा सोच्ने एक्लो पार्टी भएको कुरा ब्यक्त गरेका  छन् । जनसभालाई सम्बोधन गर्दै उनले पहिले कांग्रेस देशभक्त पार्टी भएपनि हाल झाडीमा सिङ अल्झेको बाह्रसिङे भएको बताए । ‘पहिले कांग्रेस देशको बारेमा सोच्ने पार्टी थियो तर अहिले बुढो बाह्रसिङे भएको छ,’ उनले भने, ‘झाडीमा सिङ अल्झेको बाह्रसिङे हलचल गर्न सक्दैन कांग्रेस पनि त्यही हो ।

ओलीले कांग्रेसलाई के गर्ने भन्ने थाहा नहुँदा देशले दु:ख पाएको आरोप लगाए । आईजीपी, अख्तियार प्रमुख लगायत प्रमुख पद खाली हुँदा पनि कांग्रेसले सरकारमा बसेर केही नगरेको उनको आरोप थियो । ‘एउटा पार्टीको ठूलो नेताले आºनै जिल्लाको आइजीपी हुनुपर्ने अडान कसेका छन्,’ उनले भने, ‘अब देशको प्रधानमन्त्री हुने, प्रमुख पार्टीको प्रमुख मान्छेले आफ्नो जिल्ला मात्रै हेर्न थालेपछि कसरी हुन्छ ?’

कांग्रेसले केन्द्रीय समितिको बैठकबाट सर्वोच्च अदालत विरुद्ध प्रस्ताव पास गरेर न्यायालयमाथि आक्रमण गरेको समेत ओलीले बताए । उनले भने, ‘लोकमानविरुद्ध निर्णय भयो भनेर अदालतविरुद्ध नै खनिनुपर्ने आवश्यकता थिएन ।’ माओवादी केन्द्रको बारेमा भने आफूले कुनै टिप्पणी गर्न नचाहेको उनले बताए । ‘माओवादीको बारेमा केही भन्नुपर्छजस्तो मलाई लाग्दैन,’ उनले भने ।

ओलीले नेपाली जनतालाई अझै अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्न सकिए पनि नेपालको हितलाई नोक्सान हुने गरि गर्न नसकिने जनाए । ‘संविधान संशोधनीय दस्तावेज हो,’ उनले भने, ‘तर कुनै आवश्यकता नभएको, सम्बन्धै नभएको र कसैको निर्देशनमा नेपाललाई कमजोर पार्ने उद्देश्यका साथ आएको नाटक स्वीकार्न सक्दैनौं ।’ उनले देशव्यापी एमालेमाथि आक्रमण भइरहँदा सहिष्णुताका साथ बसिरहन नसक्ने पनि उक्त सभामा बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।