0 COMMENTS

काठमाण्डाै१८चैत०७३/बाघको छाला र भालुको पित्त अाेसारपसार र खरिद बिक्रिमा संगग्न ब्यक्ती पक्राउ । दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानुनी ओसारपसार तथा खरिद बिक्रि भैरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान  ब्यूरोबाट खटिएको प्रहरी टोलीले मिति १६ गते कैलालीकाे धनगढी उप महानगरपालिका वडा नं. ३ बोराडाडीबाट संरक्षित वन्यजन्तु बाघको छाला (Royal Bengal Tiger) थान-१ सहित डडेल्धुरा परशुराम नगरपालिका वडा नं. ४ बस्ने बर्ष १८ को सनम जयकर भन्ने सनम जागरीलाइ  पक्राउ गरी जिल्ला वन कार्यालय कैलालीमा बुझाईएको छ ।

वरामद सामान :-बाघको छाला थान-१ (टाउकोदेखी पुच्छरसम्मको लम्बाई १० फिट ६ ईन्च) ।   भालुको पित्त थान-१ (एक) ।

साथै मिति २०७३।१२।१७ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ८ गुहेश्चरीबाट संरक्षित वन्यजन्तु भालुको पित्त थान-१ सहित भोजपुर साम्पाङ्ग गा.वि.स. वडा नं. ६ बस्ने बर्ष ३४ को बम बहादुर तामाङ्ग र सिन्धुली लामपनटार गा.वि.स. वडा नं. ४ बस्ने बर्ष ३२ को सुर्य श्रेष्ठ लार्इ पक्राउ गरी थप अनुसन्धान एंब आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौमा बुझाईएको छ ।

अपराध :-राष्ट्रिय निकुञ्जन तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराध ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।