0 COMMENTS

धनगढी, १८ चैत०७३ /धनगढी उपमहानगरपालिकामा तीन वर्षीय बालिका बुधबार बलात्कृत भएकी छन्।घरमा आमा, बुबा नभएको मौका छोपेर बालिकालाई घरबेटीका छोरा १७ वर्षीय महेश्वर शर्माले बलात्कार गरेको आरोप रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्र मल्लले बताए।

रक्ताम्मे अवस्थामा फेला परेकी ती बालिकालाई घरबेटीकी छोरीले अभिभावकको जिम्मा लगाएको बताईएको छ। स्वास्थ्य अवस्था नाजुक रहेकी बालिकाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको महिला पुनःस्थापना केन्द्रकी बिनु रानाले जानकारी दिइन्।

अभियुक्त शर्मालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक मल्लले बताए।

यसैबीच पीडित पक्षले प्रहरी र अस्पताल प्रशासनको मिलेमतोमा घटनालाई ढाकछोप गर्न लागेको आरोप लगाउँदै सेती अञ्चल अस्पतालमा केही बेर धर्ना दिएका थिए। आजको राजधानी दैनिकले खबर छापेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।