0 COMMENTS

गुलरिया १८चैत  २०७३ /नेपाल–भारत सीमामा मुख्यसहित ५४ वटा सीमास्तम्भ हराएको करिब डेढ दशक बिते पनिजिम्मेवार निकाय मौन छन्। बर्दियासाग जोडिएको करिब ८० किमि लामो सीमामा हराएका स्तम्भको खोजी र पुनः मर्मतमा सरकारी निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ। सीमास्तम्भ ५९ देखि ६३ सम्म दशगजासँग जोड्ने भू–भागमा भारतीय पक्षले कालोपत्रे सडक निर्माण गरिसकेको छ। गुलरिया नगरपालिकाको कालाबञ्जरस्थित नेपाल–भारत सीमाको दशगजामा सडक बनाइएको हो। सीमास्तम्भ गायब भएका कारण गुलरिया–९ का साहदात धोबीको करिब अढाइ बिघा जग्गा भारतीय नागरिकले कब्जा गर्दै आएका छन्। २०६१ असार २१ गते भारतीय नागरिक राजदेव गौडले जग्गा कब्जा गरेको उनले दाबी गरे।

घटनाबारे पटक–पटक स्थानीय प्रशासनलाई जानकारी गराए पनि सुनुवाइ नभएको उनको गुनासो छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ९६ वटा मुख्य र सहायक सीमास्तम्भमध्ये जंगे २, सहायक १, साना ३ पुनर्निर्माण गर्नुपर्ने अवस्थाका छन्। जंगे सीमास्तम्भ १ , सहायक २ र साना ४२ खोलाले बगाएको प्रशासनले जनाएको छ। सीमास्तम्भ हराएका कारण दुवै मुलुकको सिमाना छुट्याउने दशगजासमेत देखिन छाडेको छ। प्रजिअ विष्णुबहादुर थापाले धेरै ठाउँमा सीमास्तम्भ नभएको जानकारी केन्द्रीय निकायमा पठाए पनि कुनै प्रक्रिया अघि नबढेको बताए।कान्तिपुर दैनिक |

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।