0 COMMENTS

काठमाडौं, १८ चैत०७३/ स्थानीय तहको निर्वाचन अवधिभरका लागि इजाजतप्राप्त बन्दुक लगायतका हतियार जिल्ला प्रशासन कार्यालयमा बुझाउने सूचना जारी गरिए पनि हतियार बुझाउनेको संख्या अत्यन्त थोरै देखिएको छ ।बिहीबारसम्म जिल्ला प्रशासन कार्यालयमा जम्मा तीन थान बन्दुकमात्रै बुझाइएको छ भने महानगरीय प्रहरी परिसर काठमाडौंमा दुई थान । जबकि काठमाडौंमा मात्रै १३ हजार ३ सय २२ हतियार दर्ता छन् ।
निर्वाचन आयोगले १२ फागुनमा कानुनबमोजिम व्यक्तिका नाममा रहेको हतियार निर्वाचन अवधिभरका लागि जिल्ला प्रशासन कार्यालय मातहतमा राख्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यस्तै चैत ९ गते निर्वाचन आयोगले चैत ८ भित्र जम्मा भएका हतियारको विवरण आयोगसमक्ष बुझाउन भनेको थियो । तर गृहले ८ गतेसम्म कुनै हतियार संकलन भएको विवरण आयोगलाई बुझाउन सकेन ।
गृह प्रवक्ता बालकृष्ण पन्थीका अनुसार मन्त्रालयले वैशाख १५ भित्र जिप्रका वा नजिकको प्रहरी कार्यालयमा बुझाउने अन्तिम समय सीमा तोकेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।