0 COMMENTS
वरामद सामान :-

काठमाण्डाै१७चैत०७३/ दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्जर तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत बाघको छाला (Royal Bengal Tiger) ओसार पसार तथा खरिद बिक्रि भैरहेको भन्ने विशेष सूचनाको आधारमा मिति २०७३।१२।१६ गते प्रहरी प्रधान कार्यालय,केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले  कैलालीकाे धनगढी उप-महानगरपालिका वडा नं. ३ बोराडाडीबाट बाघको छाला थान-१ (टाउकोदेखी पुच्छरसम्मको लम्बाई १० फिट ६ ईन्च)  सहित डडेल्धुरा परशुराम नगरपालिका वडा नं. ४ बस्ने बर्ष १८ को सनम जयकर भन्ने सनम जागरी लाइ  पक्राउ गरी थप अनुसन्धान एंब आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय कैलालीमा बुझाईएको ।

 

दण्ड सजाय :-यस्तो अपराध गरेमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच बर्षदेखि पन्ध्र बर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था गरिएको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।