0 COMMENTS
रामचन्द्र पण्डीत

काठमाण्डाै१७चैत०७३/ काठमाण्डाै महानगरपालीका वडा नं ३४ स्थित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहाकरी संस्था लि.का बजार प्रतिनिधि रहीग्राहक हरूसंग दैनीक रकम संकलन गरी संकलीत रकम लीएर फरार रहेका रामचन्द्र पंडीत पक्राउ परेकाछन् । रामचन्द्र पण्डीतले २०६५ सालको बैसाखदेखि आश्विन महिनासम्ममा उक्त संस्थाका बचतकर्ताहरुबाट संकलन गरेको रकम रु २,५५,५२५/-(दुई लाख पचपन्न हजार पाँच सय पच्चीस) संस्थामा जम्मा नगरी ठगी गरेका थिए ।

सुचिता मैनालीको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी रामचन्द्र पण्डीत भएको ठगी मुद्दामा काठमाण्डौं जिल्ला अदालतको मिति २०६७/०२/२५ गतेको फैसलाले जिल्ला नुवाकोट थप्रेक गा.बि.स. वडा नं. ९ घर भई का.जि.का.म.न.पा. ३४ बस्ने बर्ष ३४ का रामचन्द्र पण्डीतलाई १ वर्ष कैद र रु २,५५,५२५/- जरिवाना हुने ठहरी फैसला भएकोमा उक्त फैसला वेरुजु रही फरार रहेका निजलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले खोजतलासको क्रममा मिति २०७३/१२/१६ गते बेलुका ताहाचल, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाण्डौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।