0 COMMENTS

 

काठमाडौं१७ चैत०७३ /भारतले नेपाललाई १ सय ४५ मेगावाट बिजुली उपलब्ध गराउने भएको छ । हालै निर्माण सम्पन्न भएको कटिया–कुशाह र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट उक्त बिजुली उपलब्ध गराउने तयारी भएको भारतको उर्जा मन्त्रालयले जनाएको छ ।

केही दिन अघि भारतस्थित नेपाली दूतावासले सो दुई प्रसारण लाइनबाट सकेसम्म छिटो बिजुली दिन आग्रह गरेको थियो । उक्त दुई प्रसारण लाइनको निर्माण अघिल्लो महिना नै सकिएपनि भारतले ढिलाई गरिरहेका कारण नेपालले छिटो बिजुली दिनका लागि आग्रह गरेको थियो । प्रशासनिक तहमा ढिलासुस्ती भएपछि नेपाली दूतावासले भारतीय उर्जामन्त्री पियुष गोयलको ध्यानाकर्षण गराएको थियो ।
भारतको उर्जा मन्त्रालयले बुधबर भारत अब बिजुली आयात गर्ने मुलुकबाट बिजुली निर्यात गर्ने मुलुक भएको सन्दर्भमा प्रकाशित गरेको विज्ञप्तिमा नेपालतर्फको विजुली निर्यात छिटै १ सय ४५ मेगावटले बढ्ने उल्लेख गरेको हो ।

सोही विज्ञप्तिमा उल्लेख गरिए अनुसार भारतले छिमेकी मुलुकसंगको क्रसबोर्डर प्रसारण लाइन निर्माणलाई तिव्रता दिएको र निर्यात अझ बढ्ने बताइएको छ । बुधबरबाट भारतले आफूले आयात गर्ने भन्दा बढी बिजुली अन्य मुलुकमा निर्यात गर्न थालेको बताएको छ।
हाल काठमाडौं लोडसेडिङ मुक्त भएको र भारतले तत्काल बिजुली दिएमा अन्य प्रमुख शहरमा समेत लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणको भनाई रहेको छ । दुई प्रसारण लाइनबाट बिजुली लैजानको लागि वार्ता गर्नका लागि प्राधिकरणको एक टोली छिटै भारतको भ्रमणमा आउने भएको छ । भारतीय उर्जा मन्त्रालयका अनुसार १२ भन्दा बढी क्रस बोर्डर प्वाइन्टबाट भारतले नेपालमा १ सय ९० मेगावट बिजुली निर्यात गरिरहेकोमा सन् २०१६ मा ढल्केभर–मुजफपर लाइनको निर्माणपछि थप १ सय ४५ मेगावट बिजुली नेपाल निर्यात गरेको थियो ।
भारतले भुटानबाट बिजुलीको आयात गर्ने गर्दछभने नेपाल बाहेक बंगालादेश र म्यानकारमा निर्यात गर्ने गर्दछ । पछिल्लो समयमा नेपाल र म्यानमारमा हुने बिजुली निर्यात निकै बढेको भारतको उर्जा मन्त्रालयले जनाएको छ ।

पछिल्लोपटक म्यानमारमा बिजुली निर्यातका लागि भारतले प्रसारण लाइनहरुको निर्माण कार्यलाई तिव्रता दिएको छ । पछिल्लो समयमा नेपाल र भारतको बीचमा भने मुल्यको बारेमा कुरा मिलिसकेको छैन् । सन् २०१५ भन्दा अगाडि नेपालले निकै महंगो दरमा भारतबाट बिजुली किनिरहेको थियो भने पछिल्लोपटक मुल्यमा केही कमी आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।