0 COMMENTS

काठमाण्डाै, १६ चैत०७३/तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ भाेली देखी काठमाण्डाैकमा हुनेभएकाे छ। नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा हुनलागेकाे साे अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३  भाेली चैत १७ देखि ४ दिन सम्म काठमाण्डाैकाे भृकुटीमण्डममा चल्ने छ । कार्यक्रमकाे उद्घाटन भाेली १७ गते उपराष्ट्रपति नन्दबहादुर पुनले  गर्ने तयारी रहेकाे कुरा फ्लोरीकल्चर एसोसियसनका अध्यक्ष कुमार कसजुले हामीलाइ बतायकाछन्  ।

मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनखरी, कम्पोस्ट मल, फूलको गानो, विउविजन,ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिचाईँ प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको छ ।

पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति रुची राख्ने तथा ज्ञान हासिल गर्न चाहनेका लागि अन्तराष्ट्रिय फ्लोरा एक्स्पो उपयोगी हुने विश्वास एसोसिएसनको छ। नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरियालगायत मुलुकबाट पुष्प व्यवसायीहरु मेलामा सहभागी हुनेछन् ।आयोजकका अनुसार नेपालमा लगभग १४८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भैरहेको र ४१ हजार भन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।