0 COMMENTS

काठमाडौं १६चैत्र २०७३/ रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियूका तपेन्द्रबहादुर शाहीको प्यानल निर्वाचित भएको छ ।

मङ्गलबार राति भएको मतगणनामा अनेरास्ववियूका शाहीले ६९९ मत ल्याई अध्यक्षमा निर्वाचित भएका निर्वाचन अधिकृत हरि पराजुलीले जानकारी गराए । शाहीसहित सचिव, कोषाध्यक्ष र ८ सदस्यको प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार निर्वाचन भएको हो । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी सङ्घका उत्तमबहादुर साउदले ३६७ मत प्राप्त गरेका छन् । सचिवमा नारायण शर्मा र कोषाध्यक्षमा संगम देवकोटा तथा अन्य ८ सदस्य निर्वाचित भएका छन् । सदस्यहरुमा मदन भण्डारी, दीपक खतिवडा, उज्वल न्यौपाने, जनक शाही, दिनेश बजगाँई, श्याम विक, सुजिता ढकाल र उर्वर सिंह रहेका छन् ।

उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत समानुपातिक पदाधिकारी निर्वाचनमा आएको मतको आधारमा पछि चयन गरिने निर्वाचन अधिकृत पराजुलीले जानकारी गराए । मङ्गलबार भएको निर्वाचनमा एकहजार २७६ विद्यार्थीले मतदान गरेका थिए । दुईपटक स्थगित भएको निर्वाचन सर्वोच्च अदालतले चैत २ गते निर्वाचन गर्न अन्तरिम आदेश दिए पछि मङ्गलबार निर्वाचन भएको हो ।निर्वाचन प्रक्रियामा अनेरास्ववियु (क्रान्तिकारी) सहभागी भएको थिएन । 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।