0 COMMENTS

काठमाण्डाै१६चैत्र०७३/ मेडिकल जाँचका क्रममा यौन दुर्वयवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरीको खोरमा पुगेका छन् । ललितपुरको एक कलेजका १९ जना छात्रा चिनमा होटल म्यानेजमेन्ट (बिएचएम) अध्ययनका लागि मेडिकल जाँचका लागि सिनामंगलस्थित स्पेस मेडिकल सेन्टर पुगेका थिए ।

२८ बर्षीय चिकित्सक भट्टले मेडिकल जाँच गर्नेक्रममा आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप विधार्थीको छ । घटना गत आइतबारको भएपनि काठमाडौं प्रहरी परिसरले भट्टलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको थियो ।

पीडितहरु सुरुमा गौशाला प्रहरी वृतमा पुगेपनि स्थित जटिल बनेपछि ‘उजुरी’ परिसरमा ल्याएर हेरिएको थियो । चिकित्सक भट्टले आफूले गल्ती नगरेको र माफी नमाग्ने बताएपछि पीडित पक्ष र उनीहरुको आफन्त आक्रोसित बनेका थिए ।

पीडित युवती र उनीहरुका आफन्त मंगलबार काठमाडौं प्रहरी परिसर पुगेर दोषीलाई हदैसम्मको कारबाही गनुपर्ने माग गरेका छन् । भट्ट दुई वर्षदेखि उक्त मेडिकल सेन्टरमा कार्यरत थिए । महिलाको जाँच गर्दा अन्य महिला स्टाफ नराखी भट्टले जाँच गर्दै आएका थिए । भट्टले भने चिकित्सा पेशामा महिला पुरुष नहुने भन्दै चिकित्सकले विरामीलाई मात्र हेर्ने गरेको प्रहरी समक्ष बताएका थिए ।

अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।