0 COMMENTS

समाजकाे अावाज, हेटौडा१५चैत्र २०७३/ मकवानपुरको मनहरीमा मंगलबार बिहान गाँजा तस्कर र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । फायरिङमा हताहती भने भएको छैन ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–२ स्थित नयाँबस्तीको जंगलबाट लागू औषध गाँजा ७ सय किलो र ३५ किलो चरेश बरामद गरेको छ । लागू औषध तस्करहरुको समुहले गाँजा बोकी ल्याउँदै छन भन्ने बिशेष सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा तस्करहरुले  प्रहरी देख्नेबित्तिकै प्रहरीतर्फ फायरिङ गरेर तस्करहरु भागेका थिए । प्रहरीले जवाफी फायरिङ गरेपछि भरियाहरुले २० वटा बोरामा रहेको गाँजा र चरेसको बोरा छाडेर भागेका थिए ।फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरीले  गाँजा ७ सय किलो र ३५ किलो चरेश बरामद गर्नुको साथै चारजना भरियाहरु नियन्त्रणमा लिएको छ । करिब ३०, ३५ जनाको समूहमा आएका भरियाहरुले गाँजा बोकेका थिए । तीमध्ये बाटो देखाउने र गोली प्रहार गर्ने ३, ४ जना तस्करहरु थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।