0 COMMENTS

काठमाण्डाै१५चैत०७३/  म काठमाडौं महानगरपालिकाको मेयर लड्न चाहन्छु भन्ने आसयका साथ विभिन्न माध्यममा चर्चा भइरहेका छन् । यसमा सत्यता छैन । अहिले सांसदको जिम्मेवारीमा छु । यो ठूलो जिम्मेवारी हो । त्यसमाथि देशको एउटा जिम्मेवार मन्त्रीका रुपमा पनि म काम गरिरहेको छु । त्यसैले मेयरका लागि उम्मेदवारी दिने भन्ने विषय म सोच्न पनि सक्दिनँ । मभन्दा उपयुक्त एकसे एक साथीहरु पार्टीमा हुनुहुन्छ ।
उहाँहरुले ठाउँ पाउनुपर्छ भन्ने मेरो स्पष्ट विचार छ । हामी कस्तो व्यक्ति उठाउने भन्ने विषयमा छलफलमा लागिरहेका छौं । अहिले नाम जुरिसकेको छैन । तर, जसले समग्र काठमाडौं र यहाँको वस्तुस्थितिलाई राम्रोसँग बुझेको छ, यहाँको विकासको भिजन बोकेको छ, त्यस्तो व्यक्ति काठमाडौंलाई मेयरका रुपमा चाहिएको छ ।

मुलुकको राजधानी भएकाले काठमाडैं महानगरपालिकाको मेयर हुने अपेक्षा राख्नु नौलो कुरा होइन । तर, नौलो विषय होइन भन्दै गर्दा काठमाडौंलार्इ फिट नहुने व्यक्ति उठाएर कुनै अर्थ राख्दैन । काठमाडौं राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको केन्द्र हो ।
देशभरि जति पनि नगरहरु बनेका छन् उनीहरुले विकासको ढाँचा हेर्ने भनेको काठमाडौंलाई नै हो । काठमाडौंले काफूलाई कसरी विकास गर्न सक्छ त्यसलाई अरु नगरहरुले पछ्याउने काम गर्छन् । त्यसैले सहरी विकासका बारेमा रुचि भएको, यसको बारेमा जानकार भएको व्यक्ति काठमाडौंको मेयरमा आवश्यक छ । यो कुनै दैनिक प्रशासन चलाएको जस्तो विषय हो ।

काठमाडौं क्यापिटल सिटी भएका कारण संसारमा यसको बेग्लै नियम रहेको हुन्छ । क्यापिटल सिटीका मेयरहरुले अन्य सिटीहरुसँग सम्बन्ध सुधकार गरेका पाइन्छ । यस्तो हाम्रोमा पनि आवश्यक हुन्छ । यसो गर्न सकेको खण्डमा काठमाडौंले ठूलो फाइदा लिन सक्छ । क्यापिटल सिटीको मेयर बन्दै गर्दा ठूला अवसर र चुनौतीसँग खेल्न सक्ने व्यक्ति आवश्यक पर्छ ।

केही कुरा लिन लड्न सक्ने र गर्न पनि सक्ने मेयर अहिले काठमाडौंलाई चाहिएको छ । काठमाडौंको विकास फिजिकल मात्रै होइन, यो आफैंमा सांस्कृतिक धरोहर बोकेको सहर पनि हो । यसका केही मौलिक संस्कृतिहरु रहेका छन् । खासगरी काठमाडौंका मुख्य जातिका रुपमा नेवार समुदाय छ । काठमाडौंमा रहेका फरक फरक जातिको संस्कृतिलार्य बचाउन सकिएन भने त्यसको कुनै महत्व रहँदैन । त्यसैले मेयर बन्दै गर्दा यस्ता कुराहरुलार्य आत्मसात् गर्ने व्यक्ति पनि आवश्यक पर्न जान्छ । संस्कार, संस्कृतिभन्दा विकास चाहेर मात्रै काठमाडौंको मेयर बन्न सकिँदैन ।
नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।