काठमाण्डाै१४चैत्र ०७३/ आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिले निम्नबमोजिमका केन्द्रीय परिषद् सदस्यहरुलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।
१. निर्मल भट्टराई
२. चन्द्रदेव ओझा
३. हरिराम रिमाल
४. मोहन बम
पार्टी हित र स्वीकृत मूल्य-मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भै गम्भीर गल्ती गरेको र पार्टीले सोधेको स्पष्टीकरण समेत दिन इन्कार गरेको कारणले विशेष राजनीतिक समितिको बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
नेपालको सम्रिद्घिकालागि देश तथा प्रवासबाट ठुलो सहयोग र समर्थन रहेको प्रष्ट पार्दै , पार्टी भित्र गलत नियतले प्रवेस गर्ने जो कोहिपनि छुन नहुने नेत्रि हिसिला यमिले ओएस नेपाललाई जानकारी समेत गराएकी छिन ।