0 COMMENTS

काठमाण्डाै १४  चैत्र २०७३/नेपालले इमर्जिङ टिम्स कप क्रिकेटमा सोमबार पाकिस्तान यू–२३ सँग ६ विकेटले पराजित भएको छ । बंगलादेशको शेखकमल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाकिस्तान सामु १ सय ८१ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियाे ।टस जितेर पाकिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८० रन बनाएको थियाे ।

भरपर्दा ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल, सागर पुन र दिपेन्द्र सिंह ऐरीलाई सस्तैमा गुमाएको नेपालको इनिङस् सुनील धमला र शरद भेषावकरले सम्हालेका थिए । धमला ४३ र शरद ३८ रनमा आउट भए । दीपेन्द्र १४, सागर ४ र कप्तान मल्ल २ रनमा आउट भएपछि नेपाली इनिङस् एक समय धरमराएको थियो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा २ विकेट झारे भने युवा स्टार सन्दिप लामिछानेले पनि २ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले औषत प्रदर्शन गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १८० रन बनाएको थियो ।

सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहालेका थिए ।

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।

त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २४ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । आरिफ शेखले १८ रन बनाए ।बलिङतर्फ बंगलादेशका गुलाम मुदासारले ५ र उसामा मिरले २ विकेट लिएका थिए ।प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।