0 COMMENTS

काठमाडौं, १४ चैत०७३ / भारतमा प्रतिबन्ध लागेको भारतीय ५ सय र एक हजारको नोट साट्न तयार भएको भारतले प्रतिब्यक्ति साढे चार हजार मात्रै नोट साट्ने प्रस्ताव गरेको छ ।
नेपालमा रहेको भारु सटही टुंगो लगाउन आएको भारतको रिजर्व बैंक अफ इन्डिया (आरबीआई) र त्यहाँका वित्त मन्त्रालयका उच्चस्तरीय टोली र नेपाल राष्ट्र बैंकका अधिकारीबीच भएको छलफलमा भारतीय पक्षले व्यक्तिगत साढे ४ हजार भारुमात्र साट्ने प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकका अधिकारीले नेपालमा रहेका २५ हजार प्रतिवन्धित भारु साट्नका लागि भारतीय अधिकारीसँग अनुरोध गरे पनि भारतीय पक्षले भने प्रतिब्यक्ति साढे ४ हजार मात्रै साट्न सकिने जनाएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
यसबारेमा आइतबार निर्णय हुन नसकेपछि सोमवार पुनः वार्ता हुने भएको छ । सोमबारको बैठकले नेपालमा रहेको भारु नोट सटहीबारे निर्णय गर्नेछ । भारतले मार्च महिनाभरिलाई सटही सुविधा दिएको छ ।नेपालको बैकिङ प्रणालीमा ७ करोड ८३ लाख भारु रहेको बताइएको छ । बैकिङ प्रणालीमा भएको प्रतिवन्धित भारु साट्न समस्या नभएको तर व्यक्तिगतमा सीमा निर्धारण गरेकाले यस्तो समस्या आएको हो ।
२ महिनाअघि आरबीआईको नेपाल आएको टोलीले नेपाल राष्ट्र बैंकसँग गरेको छलफलपछि नेपालले बैंकिङ प्रणालीमा अपनाएको सुरक्षाका बारेमा विश्वस्त हुँदै प्रतिवन्धित नोट साट्ने जानकारी गराएको थियो । आरबीआईले नेपालमा भारुको अभाव समस्यालाई तत्काल समधान गर्न १ अर्ब २० करोड भारु दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।