0 COMMENTS

डँडेल्धुरा १४ चैत०७३/ डँडेल्धुराको आलिताल गाउँपालीकाका एक व्यक्रिले धारिलो हतियारले श्रीमतीको हत्या गरी झुण्डिएर आत्महत्या गरेका छन् ।

आलिताल-७ का ४० वर्षीय करन बहादुर बोहोराले श्रीमतीको हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेका हुन् ।मानसिक सन्तुलन ठिक नभएको बताइएका बोहराले शनिबार ३६ वर्षीया श्रीमती बेलामती बोहोरालाई हँसिया प्रहार गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्या गरी फरार भएका उनको खोजी गर्दा घर देखि डेढ किलोमिटर टाढा घाँटीमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।