0 COMMENTS

रंन्जीता थापा, नेपालगन्ज १३ चैत्र ०७३/ कालीका सेक्युरिटिज प्रालिले (शेयर ब्राेकर नं ४६)   आज अाइतवार देखी नेपालगञ्जमा  सेयर किनबेच सेवा सुरु गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सेयर खरिद तथा बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले कालीका सेक्युरिटिज प्रालिले नेपालगञ्जमा सेयर ब्रोकर नं.४६ मार्फत् यो सेवा सुरु गरेको हो ।

नेपालगञ्जमा सेयर खरिद–विक्री सेवा सुरु भएपछि यस क्षेत्रका लगानीकर्ताहरुले लगानीको अवसर पाउनुका साथै बचत परिचालनबाट आर्थिक विकासमा थप टेवा पुग्ने भन्दै  स्थानीय ब्यापारी हरूले खुशी ब्यक्त गरेका थीए ।   

स्टक ब्रोकर एशोसियशनका निवर्तमान अध्यक्ष तथा   कालिका सेक्युरिटिज प्रालिका प्रबन्ध सञ्चालक नरेन्द्रराज सिंजापतिले अब नेपालगन्जको न्यूरोडबाट नै सेयर खरिद–बिक्री गर्न सकिने कुरा बताउनु भयाे ।

नेपालगञ्जबाट सेयर खरिद–बिक्री सुरु भएपछि यस क्षेत्रको आर्थिक विकास र गतिविधिका लागि राम्रो अवसर मिलेको उद्योग ब्यबसायी र लगानीकर्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।