0 COMMENTS

काठमाडौँ, १३ चैत०७३/ पृथ्वी जयन्तीको बिदा फेरि खोसिएको छ । यसअघि मन्त्रिपरिषदको बैठकमा पृथ्वीजयन्तीको दिन (पुस २७ गते) सार्वजनिक बिदा दिने समझदारी पनि आइतबारको बैठकमा दुईमन्त्रीबीच चर्को बाझाबाझ भयो ।

आगामी २०७४ सालमा बर्षभरि दिइने सार्वजनिक बिदालाई औपचारिक दिन सिंहदरबारमा बसेको मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिको बैठकमा काँग्रेसका तर्फबाट उपप्रधान तथा गृहमन्त्री बनेका विमलेन्द्र निधि र राप्रपाका तर्फबाट भर्खरै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका दिलनाथ गिरीबीच चर्को बाझाबाझ भएको हो ।

सुरुमा मन्त्री गिरीले ‘पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय भएको खबर  आएको थियो, यहाँ त भेटिएन नि, एकाएक कसरी हट्यो ?’ भनी प्रश्न उठाएका थिए ।

त्यसपछि उपप्रधान तथा गृहमन्त्री निधिले मन्त्रिपरिषद्मा कुनै निर्णय नभएको तर राजनीतिक समझदारीमा पछि बिदा दिइने समझदारी भएको जबाफ दिएका थिए ।

त्यसपछि पालो आयो गिरीको । उनी झनी आक्रोशित भए । गिरीले अडान लिए- ‘पृथ्वीजयन्ती दिन बिदा नदिने हो भने बिदाको सूची पारित गराउन मेरो समर्थन हुन्न ।’

मन्त्रिपरिषद्को यसअघिको बैठकमा राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको सम्मानमा सार्वजनिक बिदा दिइने सहमति भएको खबर बाहिर आएको थियो । तर, आइतबारको बैठकमा पेश गरिएको बिदाको सूचीबाट भने एकाएक हटाइएको छ । गृहमन्त्री निधि नै बिदा खोस्न लागि परेको भन्दै पर्यटनमन्त्री गिरीले बैठकमा आक्रोश पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।