0 COMMENTS

काठमाण्डाै १२ चैत्र २०७३/ चैत १५ गते मंगलबार फिलिपिन्सविरुद्ध फिलिपिन्समा हुने एएफसी एसिया कप फुटबलमा सहभागिता जनाउन जाने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ ।मनिलामा हुने खेलका लागि जापानी मुख्य प्रशिक्षक ग्योतुकी कोजीको प्रशिक्षणमा खारिएको २० सदस्यीय नेपाली टोली शनिबार राति त्यसतर्फ जान लागेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को कम्प्लेक्समा भएको कार्यक्रममा खेलाडीहरुलाई बिदाइ गर्दै युवा तथा खेलकुदमन्त्री दलजित बिके श्रीपालीले जितका लागि शुभकामना दिए ।अनिल गुरुङ अन्तिम २० भित्र नपरेपछि अब नेपाली टिमको कप्तानी विराज महर्जनले सम्हाल्नेछन् ।नेपालले पछिल्लो समय हात पारेका सफलतामा विराजले नै नेपाली टिमको नेतृत्व गर्दै आएकाछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।