0 COMMENTS

विराटनगर,१२ चैत०७३/तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले माेरङमा भएकाे एक कार्यक्रममा बाेल्दै आफुहरु निर्वाचन विरोधी नभएको कुरा ब्यक्त गरेका छन । निर्वाचनका लागि पहिले सरकारले विगतमा अाफुहरूसंग भएका सम्झौता कार्यान्वयन गरी निर्वाचनको वातावरण बनाउन सरकारसंग आग्रह गरेका छन् ।   

तराई मधेस लोकतान्त्रिक पार्टी जिल्ला कार्य समिति मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले विगतमा भएको सहमति पालना भएमात्रै निर्वाचनमा सहभागी हुने समेत बताए ।

अध्यक्ष ठाकुरले संविधान संशोधनका विषयमा दलहरुविच सैद्धान्तिक सहमति भएपनि अहिलेसम्म ठोस सहमति भने हुन नसकेको उल्लेख गर्दे सिमांकनलाई थांती राखेर निर्वाचनमा भाग लिन नसकिने बताए ।

निर्वाचनमा सवैको सहभागिता गराउन संविधान संसोधन आवश्यक रहेको भन्दै उनले मोर्चाको माग सम्बोधन हुने गरि संसोधन गरिनुपर्ने अडान दोहोर्याए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।