0 COMMENTS

हेटौँडा१२ चैत्र २०७३/उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई हल गर्न र प्रजातन्त्रलाई सुदृढ पार्न मधेसवादी दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन वर्तमान सरकार गृहकार्यमा जुटेको बताएका छन्।

उपप्रधानमन्त्री थापाले आज राप्रपा मकवानपुरद्वारा उनकै सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तह निर्वाचनलगत्तै केन्द्र र प्रदेशको निर्वाचन गरी बाह्य हस्तक्षेपलाई निष्प्रभावी बनाउन प्रमुख राजनीतिक दलहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताए।

उनले मुलुकमा राजनीतिक स्थायित्वका साथसाथै आर्थिक समृद्धिका लागि राप्रपाले अरु दलसँग सहकार्य गर्ने समय आएको पनि बताए।

सो कार्यक्रममा राप्रपाका भूपू केन्द्रीय सदस्य मधु अधिकारी र राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले प्रमुख दलहरुले मधेसवादी दलसँग आपसी समझदारी कायम गर्दै दुई दशकदेखि स्थगित भएको स्थानीय निर्वाचनलाई सफल पार्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।