0 COMMENTS

काठमाडौं११चैत०७३/ निर्वाचन आयोगले चैत २० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने भएको छ ।

कतिपय मतदाताको मृत्यु भएको, केहीले बसाइँ सराइको निवेदन दिएको र अधिकांशको मतदान केन्द्र परिवर्तन भन्दै आयोगले अद्यावधिक गर्ने भएको हो । उक्त अवधिसम्म आयोगले मतदान केन्द्र तोकि सक्ने छ ।निर्वाचन आयोगले चैत २० पछि मतदाता परिचयपत्र छाप्ने भएको छ । मतदाता परिचयपत्र २० दिनमा छापिसक्ने आयोगले जनाएको छ ।

आयोगको निर्वाचन व्यवस्थापनको क्यालेण्डर अनुसार बैशाख १० देखि १५ गतेसम्म आयोगले सबै मतदाता परिचयपत्र प्राप्त गरिसक्नेछ ।निर्वाचन आयोगले हरेक मतदाताको परिचयपत्र सम्बन्धित मतदाताको मतदान केन्द्रको ठेगानामा उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।