0 COMMENTS

काठमाडौं११,चैत०७३ / निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको १२ जिल्लाका लागि मतपत्र छाप्ने काम सकिएको जनाएको छ । चैत ६ बाट जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छाप्ने काम गरिहेको आयोगले जनाएको छ ।

आजको अन्नपूर्ण पोष्टमा खबर छ– ‘बिहीबार सम्म १२ जिल्लाको मतपत्र छाप्ने काममा सम्पन्न भएको छ,’ आयोगका प्रबक्ता सुर्य प्रसाद शर्माले अन्नपूर्णसँग भने, ‘अन्य जिल्लाका पनि मतपत्र छाप्ने काम रातदिन भइरहेको छ । अहिलेसम्म स्थित हेर्दा हामीले टोकेको समयभित्रै मतपत्र छाप्ने काम सम्पन्न गरि सक्ने अवस्था छ ।आयोगले केही जिल्लामा दर्ता हुन छुटेका दललाई पुनः दर्ता गरेर चुनावचिन्ह दिने निर्णय गरेको छ ।

डोल्पामा कांग्रेस, ९ जिल्लामा राप्रपा र केही जिल्लामा राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी पार्टीको दर्ता छुटकाले उनीहरुले स्वतन्त्र हैसियतमा चुनाव लड्ने अवस्था थियो । तर दलहरुले आयोगमा निवेदन दिएपछि उनीहरुको पुनः दर्ता गरेर दलगत नै चुनाव चिन्ह दिएको जनाकारी आयोगका प्रवक्ता शर्माले दिए ।

यता आयोगले मतदान अघि र मतदानपछिको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको छ । निर्वाचन आयोगका पदअधिकारी र सुरक्षा निकायका प्रमुखबीच बिहीबार भएको छलफलमा प्रमुख अयुक्त अयोधी प्रसाद यादवले निर्वाचनमा सुरक्षा कमजोरी हुन नदिनेतर्फ सतर्क रहन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।