0 COMMENTS

काठमाडौं११,चैत०७३/ आउँदो दश महिनाभित्र वाग्मती नदी ढलमुक्त हुने भएको छ । नदीको दुवै किनारामा निर्माण भइरहेको ढल सञ्चालन गरिएपछि नदीको पानी प्रदूषित हुनबाट रोकिने भएको हो । गोकर्णदेखि बल्खु पुलसम्म ढल सञ्चालनमा आइसकेको र आगामी वर्ष बल्खु पुलदेखि सुन्दरी घाटसम्म ढल सञ्चालनमा आएपछि वाग्मती पूर्ण रूपमा ढलमुक्त हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको वाग्मती ढल सुधार आयोजनाका उपप्रमुख योगेन्द्र चित्रकारले बताए । उनका अनुसार पशुपति क्षेत्रमा ढल बिछ्याइएको छैन ।

त्यस्तै, शङ्खमूल, कालमोचन, टेकु पचली जस्ता पुरातात्विक स्थलमा ढल बिछ्याउन नपाइने भएकाले सो क्षेत्रमा एकतर्फी मात्र बिछ्याइएको पनि उपप्रमुख चित्रकारले बताए ।

वाग्मती नदीको कुल कार्य क्षेत्रको लम्बाइ २८ किलोमिटर उपत्यकाभित्र मध्ये सुन्दरीजलदेखि सुन्दरीघाट खण्डअन्तर्गत २२ किमि निर्माण सम्पन्न भइसकेको उनले बताए ।

वाग्मतीबाट निस्केको ढललाई व्यवस्थित गर्न गुह्येश्वरीमा एक करोड लिटर प्रतिदिन र १९० लिटरप्रति सेकेन्ड कार्य क्षमता भएको ढल प्रशोधन केन्द्र निर्माण भइरहेको चित्रकारले जानकारी दिए ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल निर्माण, नदी नियन्त्रण, नदीको धार परिवर्तन र बाटो निर्माण, हरियाली क्षेत्र विकास कार्यक्रम तथा नदीको वातावरणीय सुधार कार्य गर्दै आएको छ । वाग्मती नदीमा हालसम्म सडक निर्माण ११.०५ किमि तथा नदी नियन्त्रण ३१.९४ किमि काम भएको छ । –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।