0 COMMENTS

काठमाडाै १० चैत०७३ / अनलाइन पत्रकार संघ(अोजान)ले नेपाल अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ प्रति अनलाइन पत्रकार संघको गम्भीर अाप्पती जनाएको छ ।संघका अध्यक्ष शीवप्रसाद सत्यालले विज्ञप्ती जारी गर्दै उक्त निर्देशिकाप्रति आपत्ति जनाएको हो ।

 

                                                                                                      प्रेस विज्ञप्ति

                                                                        

नेपाल राजपत्रमा प्रकाशित गरिएको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ प्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस अगाडि सरोकारवालाको चौतर्फी विरोध र सरकारले नै गठन गरेको सुझाव समितिको प्रतिवेदन विपरीत निर्देशिकाको संशोधित रूप सार्वजनिक भएकोमा संघ आश्चर्यमा परेको छ ।

प्रेस कानुनसँग कुनै सरोकार नभएको सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन अन्तर्गत जारी निर्देशिकाले अभिव्यक्ति स्वन्त्रताको विश्वव्यापी मान्यता र संविधानले ग्यारेन्टी गरेको प्रेस स्वन्त्रता विपरित रहेको संघको ठहर छ ।

न्यायिक परीक्षण बिनै सञ्चार माध्यमको सञ्चालनमा अवरोध गर्न सकिने र प्रशासनिक निकायले सम्पादकीय र सूचना सम्प्रेषणको प्रकृयामा हस्तक्षेप गर्न सक्ने जस्ता प्रावधान कायमै राखि आएको निर्देशिकाले यस क्षेत्रको विकासलाई कुण्ठित गर्ने प्रस्ट छ । अनलाइन पत्रकार संघ तत्काल निर्देशिका खारेज गर्न सरकारसँग जोडदार माग गर्दछ ।

संविधान र प्रचलित मान्यता अनुसार विद्यमान कानुनको संशोधन र नयाँ निर्माण गर्न सरकार लगायत सबैलाई सघाउन संघ सदैव तयार रहेको स्पष्ट पार्दै निर्देशिकाका नाममा चोर बाटोबाट गरिएको नियन्त्रणमुखी यस्तो कदमको विरोधमा साथ दिन सरोकारवाला संघ संस्था, राजनीतिक दल, बुद्धिजीवी र आम नागरिकलाई आह्वान गर्दछौं ।

शिवप्रसाद सत्याल
अध्यक्ष

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।