0 COMMENTS
डा.सुरेन्द्र सिटाैला

 

ओछ्यानको मायालु काख वाट,
वाहिरिदै गर्दा,
काठमाण्डूको जाडो,
सिउ सिउ गर्दै,
मेरै कोठा भित्र पसेछ ।
विडम्बना !
रेडियोले,
आज शहीद दिवस भनेर सम्झाउदा,
झल्याँस्स,
आत्मग्लानिको वाण ,
आफै माथि पो खसेछ ।
मृत्यु संग डराउदै वाचेका ,
हामी कायर हरुका लागि,
मृत्युलाइ पैताला मुनि कुल्चिएर ,
उभिएका शहीदहरूको प्रतिमामा,
फूल चढाउन जादा,
प्रतिमा मलाइ हेर्दै,
आफै गन्गुनाउदै थियो,
अनि उ भन्दै थियो,
मृत्यु लाइ जिते पनि,
म तिमी संग,
धेरै पटक हारी सके ।
भो लैजाउ ,
नचढाउ फूल मलाइ,
तिमीले चढाएका ,
आडम्बरका मालाहरू वोक्दा वोक्दा ,
म अब धेरै थाकि सके ।
खुनी हातले चढाएका प्रसादहरु,
अव उप्रान्त नखाने,
ईश्वर संग कसम पनि,
मैले अव भाकि सके ।
किनभने,
म साच्चै तिमी संग,
धेरै पटक हारी सके ।
उ भन्दै नै थियो,
मैले व्युझाएको राष्ट्रलाई,
जातीय आगोले डामेछौ ।
मैले वचाएर छाडेको ,
ध्यान मग्न धर्मलाई,
विदेशी डलरले पाता कस्दै ,
लिलामीमा चढाएछौ ।
सिङ्गो र सग्लो मुलुकमा,
संघीयताको मखुण्डो भित्र,
छेत्रीयताको कोदालो काधमा वोकेर ,
राष्ट्रियताको वाध भत्काउदै,
विखण्डनको कुलो खनेछौ ।
कस्तो अचम्म !
भन्नै नहुने गोप्य कुरा,
पराईलाइ खुसुक्क,
सवै भनि सकेछौ ।
पिडा मिश्रित स्वरमा,
उ भन्दै गयो,
सुन्छु,
मलाइ चिन्ने
थोरै मान्छेहरू,
अलि अगाडि नै गै सकेछन ।
त्यसैले त होला,
मेरो सपनाको हत्यामा संलग्न,
धेरै तिम्रा सन्तानहरू,
मेरै सगोत्री भै सकेछन ।
मैले खवर पाइसके,
देशको गौरव पूर्ण इतिहासमाथि,
निर्लज्ज!
तिम्रो निजी स्वार्थको साढेले ,
दाइ गरी रहँदा,
गणतन्त्र र संघीयताको वोझले ,
टुहुरो वनेको राष्ट्रियता,
गुहार माग्दै यतै कतै,
दौडदै थियो रे ।
तर अपसोच,
वहुलाइ सकेको,
तिम्रो चैतन्य ले,
यहि वेला,
गणतन्त्र र संघीयताको ककटेल,
विदेशी गुरुको इसारामा,
भक्कूमार पियो रे ।
त्यसैले भो लैजाउ अव ,
नचढाउ फूल मलाइ,
म अव धेरै थाकि सके ।
खुनी हातले चढाएका प्रसादहरु,
पटक्कै नखाने कसम पनि,
ईश्वर सँगै भाकि सके ।
हो साच्चै,
मृत्युलाइ जिते पनि,
तिमी संग म,
धेरै पटक हारी सके ।
×××××अस्तु

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।