0 COMMENTS

काठमाण्डाै,१०चैत्र०७३/ दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्जर तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गैंडाको खाग (Rhino Horn) ओसार पसार तथा खरिद बिक्रि भैरहेको भन्ने विशेष सूचनाको आधारमा गत  चैत  ८ गते प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो बाट  खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोक बल्थली गा.वि.स. वडा नं. ४ स्थायी ठेगाना भई हाल  ललितपुर उप महानगरपालिका वडा नं. १४ सानोगाँउमा कोठा भाडामा  बस्दै आएका बर्ष ४५ को शक्ति घिमिरेबाट खरिद गरेको र निज शक्ति घिमिरेले आफ्नो कोठामा बिभिन्न सामानहरु प्रयोग गरी संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तै नक्कली खाग बनाई बिक्रि गर्ने गरेको भनि बताएकाले निज शक्ति घिमिरेको खोजतलास गर्दै जादा ललितपुर उप-महानगरपालिका वडा नं. १५ खुमलटारबाट  गैंडाको जस्तो नक्कली खाग थान-१ सहित नक्कली गैंडाको खाग बनाउन प्रयोग गरेका सामानहरु : गैंडाको जस्तो नक्कली खाग थान-१ (तौल ९४८ ग्राम) हेक्सो ब्लेट-१, फलाम काटने कैंची-१, पिलास-२, सानो हथौडा-२, ठूलो हथौडा-२, रेती-२, छिनो-१, टाँगो (मुर्तीमा खोप्ने)-३, मुर्तीमा लेप लगाउने फलाम-१, कोईला  बरामद गरेकाे र थप अनुसन्धान एंब आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय ललितपुरमा बुझाईएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।