0 COMMENTS

काठमाडौँ १० चैत ०७३/ने.क.पा.(माओबादी केन्द्र)को तर्फबाट माननिय कृषी मन्त्री गौरी शंकर चौधरीले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गाेविन्द गौतमको परिवारलाई ६ लाख सहयोग प्रदान गर्ने  घोषणा गर्नुभए अनुरूप अाज उक्त  रकम सहिद गोविन्द गौतमको घरमानै गयर गाैतम  परिवारलाई  हस्तान्तरण गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै आज कञ्चनपुरमा स्थानीय पार्टी नेतृत्वले सहिद गौतमका श्रीमती लक्ष्मी गौतमलाई राहत रकम प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादीले सहिद गौतमका श्रीमती, बुबा, आमा र छोरीलाई साथै राखेर राहत रकम प्रदान गरेको हो । माओवादी केन्द्रका नेता एवम् कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले केही दिन अघि कञ्चनपुरमा गौतम परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका थिए । सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ । पुनर्वासमा कल्भर्ट बनाउने विषयमा सामान्य विवाद हुँदा भारतीय सुरक्षाकर्मीको हातबाट गौतमको हत्या भएको थियो । सरकारका तर्फबाट १० लाख राहत रकम दिइसकिएको छ ।फाेटाे बिनामगरकाे फेसबुक बाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।