0 COMMENTS

काठमाडौं,१० चैत्र०७३ / निर्वाचन आयोगले मतपत्र छपाई कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनको लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुन मुद्रण गर्ने निर्णय गरेको खबर आजको नागरिकमा छ ।

आयोगको बुधबार बसेको बैठकले स्थानीय तह निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न सुरु भइसकेको मतपत्र छपाइ रोकेर पुन मुद्रण गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, राप्रपा, जनमोर्चा र संघीय समाजवादी पार्टीले निर्वाचनका लागि जिल्लामा दल दर्ता गराएका थिएनन् । उनीहरुकै दबाबमा आयोगले छपाइ कार्य रोकेर दर्ता गर्न छुटेका दलको नाम र चुनाव चिन्ह मतपत्रमा समावेश गर्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।