0 COMMENTS

काठमाडौं, १० चैत०७३/ सुरक्षा परिषद् बैठकले आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने गरी नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।

रक्षामन्त्री बालकृष्ण खाँणले विगतको निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि मतपेटिकालाई मतदानस्थलसम्म पुर्याउने र मतदान सकिएपछि सम्बन्धित ठाउँसम्म पु¥याएर त्यसको सुरक्षार्थ सेना खटाउने निर्णय भएको जानकारी दिए । भने, “विगतको निर्वाचनमा जस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहयोगीका रूपमा नेपाली सेना परिचालन गर्ने निर्णय भएको छ ।” राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत प्रतिरक्षा नीति निर्माण गर्न कार्यदल गठन गर्नेसमेत बैठकले निर्णय गरेको उनले बताए । त्यसैगरी बैठकले वार्षिक प्रतिवेदन बनाउन सुरक्षा परिषद्अन्तर्गतको सचिवालयलाई जिम्मा दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।