0 COMMENTS

काठमाडौं९ चैत०७३ /भूकम्पपछिको पुनर्निमाणका लागि आधात गरिएको जस्तापाता अब निजी संस्था एवं सर्वसाधारणलाई बेच्ने तयारी भएको छ । आजको कान्तिपुरमा खबर छ– विद्यालय, स्वास्थ्य चौकी र सार्वजनिक भवनको पुनर्निर्माणका लागि आयातित जस्तापाता गोदाममै थन्किएपछि सर्वसाधारणरनिजी संस्थालाई पनि दिने तयारी गरेको हो ।

अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखाका सहसचिव गणेशप्रसाद पाण्डेका अनुसार निजी व्यवसायीलाई बिक्री गर्न अर्थले स्वीकृति दिइसकेको छ । अब बस्ने मन्त्रिपरिषदको बैठकबाट पारित भएपछि कार्यान्वयन हुनेछ ।

‘करिब दुई वर्षअघि खरिद गरिएको जस्तापाता बिक्री नहुँदा स्वाभाविक रुपमा घाटा हुन्छ । प्रचलित कानुनअनुसार निजीलाई स्वीकृति दिएका छौं । बिक्री गर्न निर्देशन दिएका छौं,’ पाण्डेले भने, ‘अब बस्ने मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि कार्यान्वयन हुन्छ ।’
मन्त्रिपरिषद्को स्वीकृतिपश्चात साल्ट ट्रेडिङ कर्पोरेसन्सले कानुनी प्रक्रिया अनुसार सीधै व्यवसायी वा टेन्डरमार्फत बिक्री गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।