0 COMMENTS

काठमाडौं९ चैत०७३/ एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाको विधानबाट निर्वाचन आयोगले हिन्दु राष्टङ र राजसंस्था हटाएकोमा आपत्ति प्रकट गरेका छन् । उक्त कार्यमा सरकारी महान्यायाधिवक्ताको ‘गलत र उरन्ठेउलो’ रबैया भएको उनको आरोप छ ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– चुनावको मुखमा आएर कुनै पार्टीको विधानको अंश किन हटाउनुपरेको ?, महान्यायाधिवक्ताले किन त्यस्तो सल्लाह दिएको रु, यो कामले निर्वाचन विथोल्ने षड्यन्त्र त भइरहेको छैन भन्ने आशंका पैदा भएको छ’, एमालेको मेची–महाकाली अभियानमा सहभागीलाई मंगलबार धन्यवाद दिँदै ओलीले भने ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेलाई एक्ल्याउने र घेराबन्दी गर्ने प्रयास भइरहेको उनले बताए । एमाले बलियो भएकाले त्यो देख्न नचाहनेहरुले यस्तो षड्यन्त्र रचेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।