0 COMMENTS

काठमाडौं८ चैत०७३ / रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम अाज मध्यरात १२ बजेपछि खुला हुँदैछ । तर, फारम भर्न बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले भोलि बुधबार विहान १० बजेपछि मात्रै फराम भर्न सकिने छ ।

अाज मध्यरातदेखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझिने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले  जानकारी दिए ।पहिलोपटक नेपालमा कोरियन भाषाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएको छ । यसले फराम भर्न रातभर लाइन बस्नुपर्ने बाध्यता हट्नेछ ।

रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ र, फारम बुझाउन घन्टौ लाइन बस्नुपर्छ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्षा ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको खतिवडाले बताए ।

आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंका तोकिएका शाखामा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एमआरपी अनिवार्य गरेको थियो ।

इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन् ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

यो वर्षको परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परिक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ ।

आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली लैजाने तयारी छ ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन र्फम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भनर्नुपर्नेछ । उत्पादनमुलक क्षेत्रमा र्फम भर्नेले तीन उपक्षेत्र र कृषि तर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।

चैत ९ गतेदेखि आवेदन खुलेपछि अनलाइन फारम भर्न www.eoers.epsnepal.gov.np मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।