0 COMMENTS

 

भक्तपुर८ चैत०७३/ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संबिधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट नभएको बताएका छन ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महतोले एमाले काँग्रेस र माओवादीको बेइमानीका कारण संबिधान संशोधन हुन नसकेको भन्दै संशोधन बिना स्थानिय तहको निर्वाचन गर्ने कसैको आँट नभएको र भए देश रक्तपातमा डुब्ने बताएका हुन । उनले मधेशमा दुई प्रदेश दिने सहमति भएता पनि त्यसको कार्यान्वयनमा ठूला दलहरुले राजनीतिक बेइमानीको चरित्र पेश गरेको आरोप लगाउँदै सिंमाकन नै मधेशी मोर्चाको पहिलो एजेन्डा भएकाले यसलाई थाँति राखेर निर्वाचन जाने भन्नु मधेश र मधेशीलाई धोका दिनु बाहेक अरु हुन नसक्ने बताए ।
केन्द्रिकृत सासन ब्यवस्थाले मधेश र मधेशी जनताले कहिल्यै पनि अधिकार प्राप्त गर्न नसकेको भन्दै उनले आफूहरुले मधेशमा समान्नातर सरकार चलाउन खोजेको बताए ।मधेशलाई प्रमुख दलहरुले सामान्य रुपमा लिने गरेता पनि मधेश बिनाको देश एक मिनेट पनि चल्न नसक्ने भन्दै मधेशलाई बाईपास गरेर निर्वाचन गर्न खोजे देशकै लागि दुर्भाग्य सावित हुने र नेपाली माथि नै राष्ट्रघात हुने बताए ।
उनले मधेशी दललाई भारत परस्त देख्ने नेपालका राजनीतिक दलहरुलका नेता नै दिल्लीबाट सञ्चालित भएको आरोप लगाउँदै अदृश्य रुपमा मधेशी दलहरु भन्दा भारतसँग आफू नजिक हुन बिभिन्न कसरत गर्र्ने गरेको बताए ।एमालेको अंकार र सरकारको मधेशलाई हेर्ने दृष्टिकोणका कारण सप्तरी घटना घटेको भन्दै भारतलाई गाली गर्ने केपी ओली प्रबृति र खोक्रो राष्ट्रबादका कारण आर्थिक सम्बृदि र देश बन्ने कल्पना गर्न नसकिने उनले टिप्पणी गरे ।
उनले बिगत तीन दशकदेखि आफू मधेशमा नागरिकताको बिषय उठाउँदै आएकाले आफूलाई भारतिय नागरिक भनि हल्ला चलाएर जनतामा भ्रम फैलाइरहेकाले नागरिकताको बिषयमा सरकारले नागरिकलाई जवाफ दिनु पर्ने भन्दै ओलीका पूर्खा भारतिय भएको तर मधेशीहरु मधेशकै धर्ति पूत्र रहेको बताए ।आफूहरुले बिगतमा पटकपटक सरकारमा बसेता पनि सिंहदरवारको चार किल्लाले मधेशलाई अधिकार दिन नचाहेकै कारण केही गर्न नसकेको भन्दै आन्दोलनको बाटो रोजेको र अब पनि अधिकार प्राप्त नभएसम्म जनतालाई दुःख नहुने गरि सरकारलाई दबाब दिने गरि आन्दोलनको खाका तयार भईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।