0 COMMENTS

गौशाला,८ चैत०७३/महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराही कुट्टीमा आजदेखि विश्व कल्याणार्थ ‘श्री सीताराम नाम सङ्कीर्तन’ महायज्ञ सुरु भएको छ।अनन्तश्री विभूषित परमतपस्वी महात्यागी सन्त सीताराम दासजीको तत्वाधानमा आजदेखि १० दिनसम्मका लागि महायज्ञ सुरु भएको महायज्ञ समितिका अध्यक्ष जयरुद्र झाले बताए।महायज्ञको आज बिहान ११ बजे मटिहानी मठका मान महन्थ जगन्नाथदास वैष्णवले उद्घाटन गरेका छन्।

महायज्ञमा पूजन तथा हवन आचार्य कालीकान्त झाले गरेका छन्। यही चैत १८ गतेसम्म चल्ने महायज्ञमा प्रतिदिन बिहानदेखि निरन्तर सीताराम जप सङ्कीर्तन, प्रवचन, अग्नि आहुति (हवन), ‘रामचरितमानस’ पाठ तथा भारतको वृन्दावनको विशेष धार्मिक सांस्कृतिक टोलीद्वारा राति ८ बजेदेखि महारासलीलाको व्यवस्था गरिएको अध्यक्ष झाले बताए।
बजराहीवासीसहित सम्पूर्ण जलेश्वर नगरवासी तथा इच्छुक दाताको ३० लाखको सहयोगमा १० दिनसम्म सञ्चालन हुने महायज्ञमा नेपाल र भारतका थुप्रै साधुसन्त, महात्मा र जोगी आएका छन्। महायज्ञ आयोजक समितिले सम्पूर्ण आगन्तुक तथा दर्शनार्थीका लागि प्रसाद तथा निःशुल्क भोजनका साथै महायज्ञको आवश्यक सुरक्षालगायत सबै व्यवस्था मिलाएको छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।