0 COMMENTS

काठमाडौं८ चैत०७३/ तिब्बती बौद्ध धर्मगुरू दलाइ लामालाई अन्तर्राष्ट्रिय बौद्धिष्ट सेमिनारमा बोलाएपछि चीन र भारतको सम्बन्धमा चिसोपना आएको छ । भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार दलाइ लामालाई बिहारको एक बौद्धिष्ट सेमिनार उद्‌घाटन गर्न बोलाएकोमा आपत्ति जनाएको हो ।

पीटीआइले चाइना टुडेको हवला दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङछिङले संवाददाता सँग भनेकी छिन्, ‘चीनको विरुद्धमा उभिने दलाइ लामालाई भारतले बौद्धिष्ट सेमिनारमा बोलाएर सम्‍मान दिएको छ । यसमा चीन विरोध र तीव्र असन्तुष्ट व्यक्त गर्दछ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

उनले भनेकी छिन्, ‘ तिब्बत र यससँग सम्बन्धित प्रश्‍नप्रति प्रतिवद्धता जनाउँदै भारतमा चीन विरोधी गतिविधिलाई रोक्‍न आग्रह गर्दछु । भारत र चीनको सम्बन्धलाई थप कमजोर नबनाउन आग्रह गर्दछु ।’

धर्मगुरु लामाले बिहारको नालन्दा जिल्लाको राजगीरमा १७ मार्चमा राजधानी बौद्ध धर्मबाट एउटा अन्तराष्ट्रिय बौद्ध गोष्ठीको उद्‌घाटन गरेका थिए । राजधानी पटनादेखि करीब सय किलोमिटरको दूरीमा रहेको छ ।

विभिन्‍न देशका बौद्ध भिक्षु तथा विद्वानले ‘२१ औ शताब्दीमा बौद्ध धर्म’ नामक सेमिनारमा छलफल गरेका थिए। यही महिनाको सुरुमा चीनले भारतको अरुणाचल प्रदेशमा आउन दलाइ लामालाई अनुमति दिने बारेमा विरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।