0 COMMENTS
भाष्कर पनेरु

काठमाण्डाै ७,चैत्र०७३/ अपहरण तथा शरिर बन्धक उधोग मुद्धामा फरार व्यक्ति पक्राउ । २०६७ सालमा जिल्ला रुपन्देही टिकुलीगढ गा.वि.स. १ खैरिया बस्ने कृष्ण प्रसाद भुषालले भारतीय BSNL को ९१७३७६४९५४८५ नं. को सिम प्रयोग गरी जाहेरवाला चण्डी प्रसाद पाण्डेयलाइ  ९८४७०३३६३७नं. को मोबाईलमा फोन गरी अाफुहरू  तराई मुक्ति मोर्चाको केन्द्रिय सदस्य भएकाे र  बुटवलमा भएको बम बिष्फोटनको घटना अाफुहरूले घटाएका हौं, हाम्रो पार्टीलाई रकम दिनु प-यो नदिएमा अपहरण गरी बन्धक बनाउँछौं भन्दै  ज्यान मार्ने धम्की दिई फिरौती बापतको रकम रु. २,००,०००।- माग गरेको र उक्त फिरौती वापतको रकम जम्मा गर्न निज कृष्ण प्रसाद भुषालले सिद्दार्थ डेभलपमेण्ट बैंक भैरहवामा आफ्नो फोटो टाँसी झुठो व्यहोराको कागजात पेश गरी विवेक थापाको नाममा ००४००००५३३१० नं. को खाता खोलेको र उक्त खाता खोल्न पेश गरिएको विवेक थापाको नामको नागरिकता अर्का अभयुक्त  भाष्कर पनेरुले कृष्ण बहादुर भुषाल लाई रुपन्देहीमा उपलब्ध गराईदिएको र उक्त खातामा पीडितहरुले पटक पटक गरी फिरौती वापतको कुल रकम रु,२,२३,०००।– जम्मा गरिदिएको प्रमाण सहीत पीडीत चण्डी प्रसाद पाण्डेयको जाहेरीले यस घटनामा प्रतिवादी कृष्ण प्रसाद भुषाललाई मिति २०६८।०१।२१ गते प्रहरीले पक्राउ गरी मुद्धा दर्ता भएकोमा श्री रुपन्देही जिल्ला अदालतबाट २ बर्ष कैद र रु. १५,०००।- जरिवाना सँजाय ठहर भई निजले सजाँय भुक्तान गरिसकेको तर प्रतिवादी भाष्कर पनेरु उक्त मुद्धामा शुरु म्यादै गुजारी फरार रहेको हुँदा निजलाई फैसला कार्यान्वयनको सिलसिलामा केन्द्रीय अनुसन्धान ब्यूरो,महाराजगंज, काठमाडौं बाट  खटियकाे टाेलीले काठमाण्डौं पुरानो नैकाप गा.वि.स. वडा नं. १ मा पक्राउ गरि   नीजलाइ अाजै  फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाण्डौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाईएको ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।