0 COMMENTS

काठमाण्डाै ७  चैत्र२०७३ /देउवा निवासको छलफलमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीपछिको मर्यादाक्रममा कमल थापालाई राखे आफू अपमानित भएर नबस्ने बताएका थिए ।

संसद् बैठकमा प्रधानमन्त्रीपछिको मर्यादाक्रममा थापा बस्ने गरेकोमा आपत्ति जनाउँदै निधिले दोस्रो मर्यादाक्रम नपाए आफूले मन्त्री छाड्ने सभापति देउवालाई जानकारी गराएका हुन् ।निधिले यही विषय प्रधानमन्त्रीलाई जानकारी गराएको समेत बताए । ‘संसद्को ठूलो दल र कार्यवाहक प्रधानमन्त्री भइसकेको हैसियतले दोस्रो मर्यादाक्रम नपाउने हो भने अपमानित भएर मलाई बस्न गाह्रो हुन्छ,’ निधिलाई उद्धृत गर्दै स्रोतले भन्यो । प्रधानमन्त्री दाहालले निधिलाई आफू चीन भ्रमणमा जाँदा कार्यवाहकको जिम्मेवारी दिने आश्वासन दिएका छन् ।कान्तीपुर 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।