0 COMMENTS

नेपालगञ्ज, ६ चैत्र०७३/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा हिंसा स्वीकार्य नहुने बताएका छन्।

उनले एमालेको अभियान विथोल्ने क्रममा बम राख्ने र बम प्रहार गर्ने हिंसात्मक काम मोर्चाले गरेको आरोप लगाए।एमाले बाँकेको प्रचार विभागले नेपालगञ्जमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले मधेसी मोर्चाले अराजनीतिक, अलोकतान्त्रिक, हिंसावादी र आंतकवादी चरित्र प्रर्दशन गरेको आरोप लगाएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमालेको अभियान बिथोल्न मोर्चाले गरेको क्रियाकलाप अपराधिक भएको आरोप लगाएका हुन्। ‘राजनीतिमा कही कतै यस्तो हुँदैन। यस्ता क्रियाकपाप अपराधिक समुहले मात्र गर्छ,राजनीतिक दलले गर्दैन।’

उनले अघि भने,‘निर्दोषलाई उत्तेजनामा ल्याउने, बालबालिकाको प्रयोग गर्ने, बम राख्ने, बम हान्ने, एउटा राजनीतिक दलको कार्यक्रमलाई विथोल्ने क्रियाकलाप कुनै राजनीतिक दलले संसारमा कहीँ कतै गरेको सुन्नु भएको छ?’ओलीले राजनीतिको नाममा अपराध गर्ने छुट कसैलाई नभएको बताए। ‘राजनीतिका नाममा अपराध गर्नु हुँदैन, गर्न छुट पनि कसैलाई छैन,’ओलीले भने।

उनले वर्तमान सरकार फितलो भएका कारण राजनीतिका नाममा हिंसा गर्ने प्रसाय पाइरहेको बताए। मोर्चाको हिंसात्मकमा क्रियाकलापले निर्दोष जनता मारिएको भन्दै अध्यक्ष ओलीले दुःख व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।